सर्वोच्चको आदेशानुसार सेबोन अध्यक्षका तीन उम्मेदवारलाई पुनः अन्तरवार्ताका लागि बोलाइयो

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिई सर्टलिष्टमा परेका तीन जनालाई पुनः अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाइएको छ । 

बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले यसअघि अन्तर्वार्तामा अनुपस्थित तीन जनालाई पुनः बोलाएको हो ।  

Advertisement

समितिले कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई पुनः अन्तर्वाताका लागि बोलाएको हो ।  

अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालय, सिंहदरबारमा हुनेछ । 

मन्त्रालयले उल्लिखित समयमा आवेदकहरूलाई उपस्थित हुन आग्रह गरेको छ । 

यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा छनौट समिति बनाइएको थियो ।

सर्टलिष्टमा बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका सीईओ कृष्ण कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोषनारायण श्रेष्ठ थिए । 

तर असार २ गते भएको अन्तरवार्तामा सुनियोजित ढंगले मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठबाहेक तीन जना अनुपस्थित भएका थिए । पछि असार ५ गते अनुपस्थित भएकाहरुको अन्तर्वार्ता मिति तोकिँदा पनि पुनः अनुपस्थित भएका थिए । पछि समितिले नियुक्ति प्रक्रिया नै रद्द गरेको थियो । 

यसैबीच असार १७ गते अध्यक्ष नियुक्तिका लागि सिफारिस प्रक्रिया रद्द गर्ने छनौट समितिको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको थियो । छनौट प्रक्रियामा पाँच जनाको सर्टलिष्टमा परेका एक उम्मेदवार सन्तोषनारायण श्रेष्ठले रिट निवदेन दिएका थिए । 

तर सर्वोच्च अदालतले असार १८ मा बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

२०८० पुस २१ गते तत्कालिन अध्यक्ष रमेश हमाल आफ्नो कार्यकाल पूरा गरेर बाहिरिएसँगै रिक्त बन्न पुगेको बोर्ड अझै पनि नेतृत्वविहीन छ । 

undefined

Advertisement

Advertisement