कहिले सकिँदै छ मध्य भोटेकोशी जलविद्युत कम्पनीको ‘लक इन’ ?

Advertisement

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको 'लक इन' अवधि कात्तिक ११ गते समाप्त हुने भएको छ ।

कम्पनीको कुल ५ करोड १३ लाख ६० हजार कित्ता शेयरको लक इन अवधि सकिन लागेको हो । 

Advertisement

हाल संस्थापक शेयरधनीको ३ करोड ६ लाख, कर्मचारी सञ्चय कोषमा रहेका सञ्चयकर्ता कर्मचारीको १ करोड १७ लाख, संस्थापक संस्थाका कर्मचारीको २१ लाख, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीको ६ लाख, आयोजना प्रभावित स्थानीय बासिन्दाको ६० लाख र कम्पनीका कर्मचारीको ३ लाख ६० हजार कित्ता लक इनमा छ ।

लक इन अवधि सकिएसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ । 

Advertisement

Advertisement