सुनको मूल्य तोलामा १ लाख ६० हजार ७ सय रुपियाँ पुग्यो

Advertisement

काठमाडौं । बिहीबार पनि सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३ सय रुपियाँ बढेको हो । 

नेपाल सुनचाँँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको छ । हिजो १ लाख ६० हजार ४ सयमा कारोबार भएको थियो ।  

Advertisement

चाँदीको मूल्य भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि प्रतितोला १ हजार ९५५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement