अब शोधनान्तर गणना बीपीएम सिक्सअनुसार, यस्तो हुनेछ तथ्यांक

Advertisement

काठमाडौं । अब नेपाल राष्ट्र बैंकले शोधनान्तर स्थिती (भुक्तानी सन्तुलन) सम्बन्धी तथ्यांक अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को शोधनान्तर तथा अन्तरराष्ट्रिय लगानी सम्बन्धी मार्गदर्शनको छैठौ संस्कर (बीपीएम सिक्स) अनुसार मात्रै गणना तथा प्रकाशन गर्न थालेको छ । 

आइएमएफको बीपीएम सिक्स सहित त्यसमा आधारीत इन्टरनेशनल ट्रान्सजेक्सन रिपोर्टिङ सिस्टम गाइडलाइन, २०२२ अनुसार शोधनान्तर स्थितीको तथ्यांक प्रकाशन गर्न सुरु गरिएको हो । 

Advertisement

राष्ट्र बैंकले बिहीबार एक सुचना प्रकाशन गर्दै चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना साउनबाटै यहीअनुसार तथ्यांक प्रकाशन गर्ने जानकारी दिएको छ । साउन महिनाको तथ्यांक आजै बीपीएमअनुसार प्रकाशन गरिएको छ । 

राष्ट्र बैंकले आर्थिक वर्ष २०३०–३१ देखि अन्तर्राष्ट्रिय मापदण्ड र प्रचलनमा आधारित शोधनान्तर निर्देशिका तयार पारी शोधनान्तर तथ्याङ्क प्रकाशन गर्दै आएको थियो । त्यसक्रममा आर्थिक वर्ष २०७६–७७ सम्म यस बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषको शोधनान्तर मार्गदर्शनको पाँचौँ संस्करण (बीपीएम पाइभ) एवम् सोबमोजिमको ‘शोधनान्तर तथ्याङ्क सङ्कलन निर्देशिका, २०६१’ अनुसार शोधनान्तर तथ्याङ्क प्रकाशन गर्दै आएको थियो । 

त्यस क्रममा आर्थिक वर्ष २०७७–७८ देखि आईएमएफ द्वारा प्रस्तावित रूपान्तरण म्याट्रिक्सको आधारमा बीपीएम पाइभलाई आइएमएफको शोधनान्तर तथा अन्तर्राष्ट्रिय लगानीसम्बन्धी मार्गदर्शनको छैठौँ संस्करण ९बीपीएम सिक्स० ढाँचामा समेत प्रकाशन गर्दै आएको थियो । अब देखि भने आइएमएफको बीपीएम सिक्स सहित त्यसमा आधारीत इन्टरनेशनल ट्रान्सजेक्सन रिपोर्टिङ सिस्टम गाइडलाइन, २०२२ अनुसार शोधनान्तर स्थितीको तथ्यांक प्रकाशन गरिएको राष्ट्र बैंकको भनाइ छ । 

बीपीएम पाइभको तुलनामा बीपीएम सिक्सले शोधनान्तर तथ्याङ्कमा थप स्पष्टता, विस्तृतता र पारदर्शिता प्रदान गर्ने राष्ट्र बैंकको भनाइ छ । बीपीएम फाइभ अन्तर्गत चालु  र पुँजी खातामा क्रेडिट र डेबिट प्रविष्टिलाई पङ्क्तिहरूमा प्रस्तुत गरिने अभ्यास थियो । 

बीपीएमफ सिक्स बमोजिमको प्रस्तुतिमा क्रेडिट र डेबिट प्रविष्टिहरूलाई स्तम्भहरूमा प्रस्तुत गरिनेछ । यसै गरी बीपीएम सिक्स अन्तर्गत वित्तीय खातामा डेबिट र क्रेडिटको ठाउँमा क्रमशः वित्तीय सम्पत्तिको प्राप्ति (खुद) र दायित्वको सिर्जना (खुद) प्रयोग गरिएको राष्ट्र बैंकको छ ।

 

undefinedundefined
 

Advertisement

Advertisement