विदेशी मुद्रा सञ्चिति करिब २१ खर्ब पुग्यो, साढे १६ महिनाको वस्तु आयात धान्न पुग्ने

Advertisement

काठमाडौं । मुलुकको विदेशी मुद्राको सञ्चिति बढेर झण्डै २१ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशी विनियम सञ्चिति २.५ प्रतिशतले वृद्धि हुँदै २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको हो । 

यस्तो सञ्चिति २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ साउन मसान्तमा २.० प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड पुगेको छ ।

Advertisement

सञ्चित विदेशी मुद्राले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने स्थिति रहेको केन्द्रीय बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा १.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा ८.४ प्रतिशतले वद्धि भई २ खर्ब ८ अर्ब ७९ करोड कायम भएको छ ।

२०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।
 

Advertisement

Advertisement