‘सरकारी ऋणपत्र’ अब शेयर जस्तै दोस्रो बजारमा कारोबार हुने, ब्रोकर कमिशन रु. ८ हजार

Advertisement

काठमाडौं । आन्तरिक ऋण परिचालनको सरकारी औजार विभिन्न ऋणपत्र तथा बण्डहरु पनि अब दोस्रो बजारमा शेयर जस्तै कारोबार हुने भएको छ ।

अर्थ मन्त्रालयले आन्तरिक ऋण (निष्काशन तथा व्यवस्थापन), कार्यविधि, २०८१ जारी गर्दै सरकारी ऋणपत्रहरु ट्रेजरी बिल, नागरिक बचतपत्र, विकास ऋणपत्र र वैदेशिक रोजगार बचतपत्रलाई पुँजी बजारका अन्य कम्पनीको शेयर जस्तै नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से)मार्फत दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाएको हो । 

Advertisement

सरकारले उठाउने विकास ऋणपत्रलाई हालको नेप्सेमार्फत नै दोस्रो बजारमा कारोबार गराउने व्यवस्था गरे पनि अरु तीन वटा ऋणपत्रहरु ट्रेजरी बिल, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलाई भने दोस्रो बजारको कारोबारका लागि खरीदकर्ता र बिक्रीकर्ताको आपसी सहमतिको आधारमा छुट्टै डोम्स तथा बजार निर्मातामार्फत खरीद बिक्रीको व्यवस्था मिलाइने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

ट्रेजरी बिल
सरकारको अल्पकालिन (छोटो समय)को आन्तरिक ऋण परिचालनको औजार हो ‘ट्रेजरी बिल’ । न्यूनतम २८ दिनदेखि ३६५ दिनसम्म समयावधि रहने ट्रेजरी बिलको खरीद बिक्री तथा व्यवस्थापनको जिम्मेवारी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई छ । 

सार्वजनिक बोलकबोलमार्फत खरिद बिक्री हुने ट्रेजरीको हालसम्म दोस्रो बजारमा कारोबार खुला गरिएको छैन । तथापि, बैंक तथा वित्तीय संस्थाले धितो सुरक्षणको रुपमा ट्रेजरी बिललाई पनि उपयोग गर्न पाउने सुविधा भने केन्द्रीय बैंकले दिएको छ । 

undefined

तर, सरकारले आन्तरिक ऋण (निष्काशन तथा व्यवस्थापन), कार्यविधि, २०८१ मार्फत अब यस्तो ट्रेजरी बिल समेत दोस्रो बजारमा कारोबार हुनेगरी व्यवस्था गरेको छ । ​र्काविधिको दफा १० को १ मा ट्रेजरी बिल दोस्रो बजार कारोबारमार्फत खरिद बिक्री गर्न सकिने व्यवस्था गरिएको छ । खरिदकर्ता र बिक्रीकर्ताले आपसी सहमतिको आधारमा डोम्स प्रणाली मार्फत ट्रेजरी बिलको खरिद बिक्री गर्न सक्नेछन् ।

तर, खरिदकर्ता र बिक्रीकर्ताले सोको हिसाब मिलान गरी डोम्स प्रणाली मार्फत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई जानकारी गराउनु पर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

विकास ऋणपत्र

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थासँगै प्रचलित कानुन बमोजिम गठित अन्य संस्था र नेपाली नागरिकहरुले विकास ऋणपत्रको बोलकबोलमा सहभागी हुन पाउछन् । अर्थात् सरकारले विकास ऋणपत्रमार्फत उठाउने आन्तरिक ऋणमा तोकिएको संगठित संस्था र नेपाली नागरिकक सहभागी हुन पाउछन् । 

undefinedundefined

दोस्रो बजारमा अन्य कम्पनीहरुको सेयर कारोबार भएजस्तै अब सरकारले यस्तो विकास ऋणपत्रलाई पनि नेप्सेमा पठाउने भएको छ । कार्यविधिको दफा १५ को १ मा ‘विकास ऋणपत्र निष्कासन पश्चात सूचीकरणका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पठाउने छ’ भनि उल्लेख गरेको गरेको छ । 

सोही दफाको उपदफा २ मा खरिदकर्ता र बिक्रीकर्ताको आपसी सहमतिको आधारमा विकास ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत दलाल (ब्रोकर) मार्फत गर्न सकिने व्यवस्था गरेको छ । 
तर, उपदफा ३ को २ बमोजिम गरिएको कारोबार खरिदकर्ता र बिक्रीकर्ताले डोम्स प्रणालीमा समेत प्रविष्टि गरी स्वामित्व हस्तान्तरण गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ । सोको हिसाब मिलान खरिदकर्ता र बिक्रीकर्ताले गरी डोम्स प्रणालीमार्फत कार्यालयलाई जानकारी गराउनुपर्नेछ । 

नागरिक बचतपत्र

सरकारी ऋणपत्रको रुपमा सरकारले बिक्री गर्न चाहेको नागरिक बचतपत्रमा नेपाली नागरिकले सार्वजनिक बोलकबोलमार्फत भाग लिन पाउनेछन् । यस्तो बचतपत्रमा फर्म, कम्पनी वा संस्थाले आवेदन दिन पाउने छैनन् । तर, गैर आवासीय नेपाली नागरिकले भने नागरिक बचतपत्रमा आवेदन दिन पाउछन् । 

बचतपत्रको निष्काशन, बोलकबोल तथा बाँडफाँडको सम्पूर्ण प्रक्रिया पुरा गरिसकेपछि छनोटमा परेका नागरिकले निश्चित अवधिका लागि गरेको बचतको वार्षिक ब्याजदरको आधारमा ६/६ महिनामा पाकेको ब्याज पाउछन् भने समय पुगेपछि बचतकर्ताले एकमुष्ट साँवासहित पाकेको ब्याज पाउछन् । यस्तो बचतपत्रको अवधि ४ देखि ८ वर्षको सम्म हुन्छ ।

undefined

तर, अब सरकारले यस्तो बचतपत्रलाई पनि दोस्रो बजारमा सेयर कारोबार गरे जस्तै खरिद बिक्री खुल्ला गर्ने भएको छ । आन्तरिक ऋण निष्काशन तथा व्यवस्थापन, कार्यविधि, २०८१ मार्फत सरकारले नागरिक बचतपत्रको दोस्रो बजार कारोबार बजार निर्मातामार्फत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रयोगमा ल्याएको डोम्स र इन्भेष्टमेन्ट पोर्टमार्फत गर्न सकिने व्यवस्था गरेको छ । 

बचतपत्र धनिले आफ्नो स्वामित्वमा रहेको बचतपत्र बिक्री गर्न चाहेमा बजार निर्माताले तत्काल खरिद गर्नुपर्नेछ । त्यसरी खरिद बिक्री गर्न अनुसूची ४ बमोजिमको निवेदनसाथ आफ्नो परिचय खुल्ने कागजात सहित निर्मातालाई पेश गर्नुपर्ने कार्यविधिले जनाएको छ । 

उपदफा ३ को २ बमोजिम प्राप्त भएको बचतपत्र बजार निर्माताले अनुसूची ५ बमोजिम अघिल्लो अवधिको ब्याजको किस्ता प्राप्त गरेको मितिबाट खरिद गरेको अघिल्लो दिनसम्मको ब्याज, ब्याजमा लाग्ने कर, साँवा रकम र दफा ३० बमोजिमको कशिनको हिसाब गरी डोम्स प्रणालीमार्फत बिक्रेताको पोर्टफोलियोबाट आफ्नो स्वामित्वमा ल्याउनुपर्नेछ । त्यसी स्वामित्व हस्तान्तरण भएमा सोही दिन बिक्रेताको खातामा रकम जम्मा हिसाब राफसाफ गर्नुपर्नेछ । 

वैदेशिक रोजगार बचतपत्र

मुलुक बाहिर रोजगारीमा संलग्न वा वैदेशिक रोजगारबाट फर्किएको छ महिना नपुगेका नेपाली नागरिक वा निजको परिवार वा गैर आवासीय नेपाली नागरिकले वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न सक्छन् । यस्तो बचतपत्रमा फर्म, कम्पनी वा संस्थाहरुले भाग लिन पाउदैनन् । यो पनि लामो अवधिको सरकारी ऋणपत्र नै हो । 

undefinedundefinedundefined

तर, सरकारले अब यस्तो बचतपत्र पनि दोस्रो बजारमा खरिद बिक्री हुनेगरी कारोबार खुला गर्ने व्यवस्था गरेको छ । 
कार्यविधिको दफा २३ को उपदफा १ बमोजिम वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार बजार निर्मातामार्फत डोम्स र इन्भेष्टर पोर्टलमार्फत यस्तो बचतपत्रको खरिद बिक्री गर्न सकिने उल्लेख गरिएको छ । 

उपदफा २ अनुसार बचतपत्रधनीले आफ्नो स्वामित्वमा रहेको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न चाहेमा बजार निर्माताले तत्काल खरिद गर्नुपर्नेछ । तर बचतपत्र धनीले अघिल्लो अवधिको ब्याजको किस्ता प्राप्त गरेको मितिबाट खरिद गरेको अघिल्लो दिनसम्मको ब्याज, ब्याजमा लाग्ने कर, साँवा रकम र दफा ३० बमोजिमको कमिशनको हिसाब गरी डोम्स प्रणालीमार्फत बिक्रेताको पोर्टफोलियोबाट आफ्नो स्वामित्वमा ल्याउनुपर्नेछ । त्यसरी स्वामित्व हस्तान्तरण भएमा सोही दिन विक्रेताको खातामा रकम जम्मा गरी हिसाब राफसाफ गर्नुपर्ने कार्यविधिले व्यवस्था गरेको छ । 

ब्रोकर कमिशन ८ हजार रुपैयाँ तोकियो

अर्थ मन्त्रालयले तयार गरेको कार्यविधि अनुसार दोस्रो बजारमा कारोबार हुने सरकारी ऋणपत्रका लागि निश्चित कमिशन तोकिएको छ । 
नेपाल स्टक एक्सचेञ्जमार्फत हुने कारोबार र अन्य डोम्स तथा बजार निर्माताहरुमार्फत हुने कारोबारका लागि ८ हजार रुपैयाँसम्म कमिशनको व्यवस्था गरिएको छ । 

कार्यविधिको अनुसूची ११ अनुसार बजार निर्माताले दोस्रो बजार कारोबार गरेवापत ग्राहकसँग लिन पाउने कमिशनको दर २० लाख रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत र २० लाख रुपैयाँमाथिका सबै कारोबारमा ८ हजार रुपैयाँ (रु.८०००) तोकिएको छ । 

undefined
 

Advertisement

Advertisement