शेयर बजार फेरि तल झर्यो, नेप्से २४८६.७६ अंकमा, ४ अर्ब ८४ करोडको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार फेरि तल झरेको छ । हिजो सुधार देखिएको बजारमा आज फेरि गिरावट आएको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.८१ अंकले घटेको छ । १.३० प्रतिशतले बजार घट्दा नेप्से २४८६.७६ अंकमा ओर्लिएको छ । 

Advertisement

समग्रमा बजार घटे पनि ट्रेडिङ समूह १.०१ प्रतिशत बढेको छ भने उत्पादनमूलक समूह स्थिर छ । आज होटल समूह सबैभन्दा बढी २.३४ प्रतिशतले घटेको छ । 

undefined

त्यस्तै ३२२ कम्पनीका १ करोड ३६ लाख ९१ हजार ५ सय ५६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७ सय २०.१४ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले ९.८५ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै ग्रीन भेञ्चर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ अर्ब ७९ करोड ९६ लाख ७ हजार २ सय २४.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   

साताको पहिलो दिन आइतबार ११.५८ अंकले बजार बढ्दा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९०.६९ रुपियाँ, सोमबार ५९.०२ अंकले बजार घट्दा ५ अर्ब ६६ करोड ३  लाख रुपियाँ, मंगलबार ५८.९३ अंकले बजार घट्दा ५ अर्ब ६८ करोड ९५ लाख ६१ ह्जार ३ सय ५६.६९ रुपियाँ र हिजो बुधबार ४९.१८ अंकले बजार बढ्दा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४।४९ रुपियाँ बराबरको कारोबार भएको थियो ।
 

Advertisement

Advertisement