एक बीमा र एक हाइड्रो कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

यसैक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई १८.३८ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४७२.६३ कायम गरिएको छ । यसअघि रु. ५५९.५० थियो । 

Advertisement

त्यस्तै साहस उर्जा लिमिटेटले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४७९.१७ कायम गरिएको छ । यसअघि रु. ५१७.५० थियो । 

यी दुबै कम्पनीको समायोजन गरिएको मूल्यबाट आइतबारदेखि कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement