दशैंको खुशीयालीमा सिद्धार्थ बैंकले ल्यायो ‘दशैं २एक्स रिवार्ड अफर’

Advertisement

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ । 

यस ‘दशैं २एक्स रिवार्ड अफर’ अन्र्तगत, बैंकका ग्राहकहरुले  असोज ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ्ग कारोबारमा २ गुणा बढि प्वाईन्ट प्राप्त गर्न सक्नेछन् ।

Advertisement

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहक महानुभावहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरिएको खरिद र मोबाइल बैकिङ्गबाट गरिएको टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाईन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सकिने छ । 

यसरी आर्जन भएको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिने छ । 

बैंकले यो अफर मार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई, उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ ।

यस योजनाले ग्राहकहरूकोडिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्नुका साथैबैंकले आफ्नोडिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने छ । यस योजना मार्फत ग्राहकहरूको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिङ्ग कारोबारलाई उत्कृष्ट बनाउनेबिश्वास लिएको छ ।

Advertisement

Advertisement