कुमारीका तीन म्युचुअल फण्डको प्रतिफल इकाइधनीको खातामा जम्मा

Advertisement

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित तीनवटा तीनवटा म्युचुअल फण्डको प्रतिफल (लाभांश) इकाइधनीको खातामा जम्मा गरिएको छ । 

कुमारी सुनौलो लगानी योजना (खुलामुखी), कुमारी धनवृद्धि योजना (बन्दमुखी) र कुमारी इक्विटी फण्ड (बन्दमुखी) योजनाले गत आर्थिक वर्षको नाफाबाट घोषित लाभांश सम्बन्धित इकाइधनीको बैंक खातामा जम्मा गराएका हुन् । 

Advertisement

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीलाई खाता अद्यावधिक गराउन कुमारी क्यापिटलले आग्रह गरेको छ । 

कुमारी सुनौलो लगानी योजनाले १०.५० प्रतिशत, कुमारी धनवृद्धि योजनाले ९.५० प्रतिशत र कुमारी इक्विटी फण्डले आफ्ना इकाइधनीलाई ९.५० प्रतिशत लाभांश दिने निर्णय गरेका थिए । 

यी तीनवटै योजनाको कोष प्रवद्र्धकमा कुमारी बैंक र योजना व्यवस्थापनमा कुमारी क्यापिटल रहेको छ । 

Advertisement

Advertisement