एशियन लाइफको ५ लाख १४ हजार कित्ता शेयर बिक्रीमा

Advertisement

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयरको बिक्री खुलाएको छ । 

कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल ५ लाख १४ हजार ४६५ कित्ता संस्थापक शेयरको बिक्री खुला गरेको हो । 

Advertisement

हाल यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय मैतीदेवी, काठमाडौंमा आइपुग्ने गरी निवदेन दिुनपर्नेछ । 

शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ । 

३५ दिनभित्रमा शेयर बिक्री नभए अन्य व्यक्ति, संस्था वा कम्पनीका लागि बिक्री खुला गरिने पनि कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement