आँखुखोला जलविद्युत कम्पनीको साढे १७ लाख कित्ता शेयर लिलाम बिक्री खुला

Advertisement

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले अवितरित साढे १७ लाखभन्दा बढी कित्ता शेयर आज अर्थात् असोज ११देखि लिलाम बिक्री खुला गरेको छ ।

यसअघि कम्पनीले १ बराबर १ः५ अनुपातमा प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सो शेयरमा रितपूर्वक आवेदन दिने ४१ हजार ३६२ जना शेयरधनीलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद शेयर भदौ ३० गते बाँडफाँट गरिसकेको छ । 

Advertisement

बाँडफाँट नभएको बाँकी १७ लाख ५० हजार २४८ कित्ता शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको छ । 

उक्त शेयर किन्न जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले असोज २० गतेभित्र गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ । शिलबन्दी पेस गर्दा आफूले प्रतिकित्ता के कति दरमा लिन चाहेको हो सोको विवरणसमेत खुलाउनुपर्नेछ । 

बोलपत्र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौं तथा नबिल बैंकका शाखा कार्यालय बिर्तामोड, वीरगन्ज, हेटौंडा, जावलाखेल, लेकसाइड पोखरा, नेपालगन्ज, बराहताल सुर्खेत तथा धनगढीमा बुझाउन सकिनेछ । 

फाराम पनि सोही स्थानमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement