अरुण काबेली पावरले हकप्रद जारी गर्न डाक्यो साधारणसभा

Advertisement

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्न लागेको छ । यसबाट संकलित रकम काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली ए जलविद्युत् आयोजनाको शेयरमा लगानी गर्नेछ । 

Advertisement

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गतेका लागि साधारणसभा डाकेको छ । सभा, होटल क्रिष्टल, गौशाला, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभाले गत आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफानोक्सान, हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । 

त्यसै, सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि तोक्नेछ । 

सभाले काबेली इनर्जीले निर्माण गरिरहेको काबेली ए जलविद्युत् योजनामा कर्जा लगानी गर्ने कुमारी बैंक लिमिटेडलाई कम्पनीबाट प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्ने तथा कम्पनीका नाममा रहेका पुराना गाडी, मोटरसाइकल, स्क्रयाप बिक्री गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

Advertisement

Advertisement