हिमालयन लाइफको नयाँ बोनसदर घोषणा,  न्यूनतम र अधिकतम कति ?

Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । 

कम्पनीले विभिन्न बीमा योजनामा न्यूनतम ३२ रुपियाँदेखि अधिकतम ८६ रुपियाँसम्म बोनस दर कायम गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८० को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट असोज ७ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

Advertisement

सावधिक बीमालेख योजनामा बिमितले न्यूनतम २७ रुपियाँ र अधिकतम ६४ रुपियाँ पाउनेछन् ।

त्यस्तै, सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले न्यूनतम ३६ रुपियाँदेखि अधिकतम ७५ रुपियाँ बानेस दर निर्धारण गरेको छ ।

त्यसैगरी बिमितले अग्रिम भुक्तानी सावधिक योजनामा न्यूनतम ५६ र अधिकतम ८६, जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा ४८ र जीवन उपहार (सावधिक) बीमा योजनामा प्रतिहजार ३२ रुपियाँ बोनस दर पाउनेछन् ।  

सावधिक बीमा योजनामा प्रतिहजार न्यूनतम ३८ रुपियाँ अधिकतम ७६ रुपियाँ, सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३८ रुपियाँदेखि अधिकतम ७३ रुपियाँ र अग्रिम भुक्तानी सावधिक योजनामा न्यूनतम ३४ रुपियाँदेखि अधिकतम ४६ रुपियाँ बानेस दर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

हेर्नुस् कुन योजनामा कति बोनस दर ?

undefined

Advertisement

Advertisement