सूर्योदय वोमी लघुवित्तका शेयरधनीले लाभांश कर आफैं तिर्नुपर्ने

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले वितरण गरेको बोनसमा लाग्ने कर शेयरधनीले नै तिर्नुपर्ने भएको छ । 

लघुवित्तले एक सूचना जारी गर्दै वितरण गरेको बोनस शेयरबापको कर शेयरधनीले नै तिर्नुपर्ने जनाएको हो ।

Advertisement

लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त शेयरमा लाग्ने कर रकम बुझाउन लघुवित्तले अनुरोध गरेको हो ।

शेयरधनीले लघुवित्तको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंकका शाखा कार्यालयमा गएर करबापतको रकम बुझाउन सक्नेछन् । 

 

Advertisement

Advertisement