ग्लोबल आइएमईको अनलाइन प्लेटफर्ममार्फत शेयर धितो कर्जा लिन मिल्ने

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक महानुभावहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । 

बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको शेयर धितो राखी सरल प्रकृयाबाट शेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । 

Advertisement

ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजात बुझाउन सक्नेछन् । 

यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् । 

यो शेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु ५ लाख देखि अधिकतम  २५ लाखसम्म तोकिएको छ । 

यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ, निवेदकबाहेक अन्य व्यक्तिको शेयरहरू धितोको रुपमा स्वीकार नगरिने बैंकले जनाएको छ । 

यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । 

Advertisement

Advertisement