सुनको मूल्यमा दिनदिनै 'रेकर्ड ब्रेक', आज प्रतितोला १ लाख ६१ हजार २ सयमा कारोबार

Advertisement

काठमाडौं । सुनको मूल्य निरन्तर बढिरहेको छ । आज शुक्रबार पनि सुनको मूल्य ५ सय बढेर नयाँ रेकर्ड कायम भएको छ । तर केही दिन यता चाँदीको मूल्य भने स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६१ हजार २ सयमा कारोबार भइरहेको छ । 

Advertisement

चाँदी भने अघिल्लो दिन जस्तै आज पनि प्रतितोला १ हजार ९ सय ५५ रुपियामा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement