सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण अधिकारी नियुक्त

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त भएका छन् । 

बि.सं २०६४ सालमा बैंकको आरम्भ देखिनै सिटिजन्स बैंकमा आबद्ध रहनुभएको उहाँले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाउँदै आएका छन् । 

Advertisement

हालै सूचना अधिकारीमा नियुक्त हुनुभएको उनीसँग २० बर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् । यनले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पाेरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् । 

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 


 

Advertisement

Advertisement