एकैमहिना ३ लाख १२ हजारले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता, वालेटलाई चुनौति

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना ३ लाख १२ हजारले मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भुक्तानी साधनहरुमध्येको एक मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या साउन मसान्तसम्म २ करोड ४९ लाख ६१ हजार १६५ पुगेको हो । 

अघिल्लो महिना २०८१ असार मसान्तसम्म यस्तो संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ रहेको थियो । समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत कूल ३ खर्ब ७७ अर्ब ६३ करोड २० लाख रुपैयाँ भूक्तानी कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ । २०८१ असारमा यस्तो कारोबार ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ भएको थियो । 

Advertisement

समीक्षा अवधिमा २ करोड ४२ लाख ५७ हजार विभिन्न भुक्तानी वालेट प्रयोगकर्ताहरुमार्फत जम्मा ४३ अर्ब ६९ करोड ८० लाख रुपैयाँ कारोबार भएको बैंकले जनाएको छ । अघिल्लो असार पहिलो वालेटमार्फत ३८ अर्ब १४ करोड ८० लाख रुपैयाँ कारोबार भएको थियो । 

यसैगरी समीक्षा अवधिमा आरटीजीएस सिस्टममार्फत १०८ खर्ब ३ अर्ब २ करोड रुपैयाँ कारोबार भएकोमा कनेक्ट आईपीएसमार्फत ५ खर्ब २५ अर्ब ३३ करोड रुपैयाँ, इन्टरनेट बैंकिङमार्फत २२ अर्ब ४९ करोड रुपैयाँ कारोबार भएको बैंकले जनाएको छ । 

यस्तै समीक्षा अवधिमा डेविट (एटीएम) कार्डमार्फत ९१ अर्ब ९३ करोड रुपैयाँ कारोबार हुँदा क्रेडिट कार्डमार्फत जम्मा २ अर्ब रुपैयाँको कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ । 
 

Advertisement

Advertisement