सर्वाेत्तम सिमेन्टले गरेको निःशुल्क स्वास्थ्य शिविरमा १०६ जनाले लिए सेवा

Advertisement

काठमाडौं । सर्वाेत्तम सिमेन्टले झापा जिल्लाको भद्रपुर–नगरपालिका वडा नं. ९ मा अवस्थित आप्mनो सर्वाेत्तम ईष्ट प्रालिको कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

‘सुखद जीवनका लागि हौँ निरोगी’ भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको छ ।

Advertisement

उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए । साथै, उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष रामप्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेकबहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थिति रहेको थियो । 

आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम गरेको हो । साथै आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जान कम्पनीले प्रतिबद्धता जनाएको छ ।

undefined

Advertisement

Advertisement