असोज मसान्तसम्म नेप्सेमा नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना लाग्ने

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीहरुलाई असोज मसान्तसम्म आव २०८१–८२ को नवीकरण शुल्क अनुरोध गरिएको छ । 

तोकिएको समयमा नबुझाए नवीकरण शुल्कको १० प्रतिशतका दरले जरिवाना लाग्ने र सूचीकरण स्थगत गर्न सकिने नेप्सेद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।  

Advertisement

५० करोडसम्म चुक्ता पूँजी भएका कम्पनीले वार्षिक ५० हजार र ५० करोड माथि चुक्ता पूँजी भएका कम्पनीले १ लाख नवीकरण शुल्क बुझाउनु पर्छ । 

डिबेञ्चर–म्युचुअल फण्डहरुको ५० करोडसम्मको २५ हजार र ५० करोड माथिको ५० हजार नवीकरण शुल्क लाग्ने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement