सर्वोच्चको न्यायाधीशका लागि निरौला र पाण्डेयको नाम सिफारिस, १४ न्यायाधीशको सरुवा

Advertisement

काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो । अब संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीश बन्नेछन् । 

Advertisement

त्यसैगरी, न्यायपरिषदले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ भने अरु थप २ जनालाई विभिन्न न्यायाधीकरणको जिम्मेवारी तोकेको छ । 

undefinedundefinedundefined

Advertisement

Advertisement