जिओमेटको दसैं उपहार : एक हजार रात्री बसलाई निःशुल्क जीपीएस उपकरण प्रदान गर्ने

Advertisement

काठमाडौं । दसैंतिहार तथा छठ विशेष उपहार जिओमेटले एक हजार रात्री बसलाई निःशुल्क जीपीएस उपकरण प्रदान गर्ने भएको छ । यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दसैंको अवसर पारेर विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना बनाएको हो । 

यस योजना अन्तर्गत कम्पनीले ‘फर्स्ट कम फर्स्ट सर्भ’ आधारमा एक हजार वटा लामो दूरीका रात्री बसहरूमा जीपीएस प्रणाली निःशुल्क जडान गरिदिने कम्पनीका संस्थापक आतिस गैरेले जानकारी दिए। 
‘विशेषगरी दसैंजस्तो चाडपर्वमा लाखौं यात्रुहरु सार्वजनिक यातायातमार्फत लामो दूरीको यात्रा गरेर आफ्ना परिवार र गाउँघर फर्किन्छन् । यात्रुहरुको सुरक्षार्थ यात्रालाई थप सुरक्षित र भरपर्दो बनाउन अत्यन्त छ । यही सुुरक्षालाई ध्यानमा राख्दै हामीले एक हजार सवारी साधनमा निःशुल्क जीपीएस जडान गरिदिन लागेका हौं’ जियोमेटका संस्थापक गैरेले भने ।

Advertisement

कम्पनीले वितरण गर्ने जीपीएस उपकरण बस सञ्चालकहरूको लागि हो । जसले बसको हरेक गतिविधि वास्तविक समयमा ट्रयाक गर्न मद्दत पुर्‍याउछ। जीपीएसले कम्पनी अर्थात् बस सञ्चालकलाई वास्तविक अवस्थिति र सञ्चालनबारे जानकारी दिनेछ। यसले यात्रुको यात्रा अनुभवलाई अझ आरामदायी बनाउने विश्वास कम्पनीले लिएको छ ।

null

जियोमेटको जीपीएस प्रणाली मुख्यतः बस सञ्चालकहरूको लागि उपयोगी छ। यसले बसलाई वास्तविक समयमा ट्रयाक गर्न मद्दत गर्छ । बस कहाँ छ ? कति गतिमा गुडिरहेको छ ? र कुन रुटमा चलिरहेको छ ? भन्ने जानकारी यो सिस्टमले सहजै दिन्छ ।

यो प्रणालीले बस सञ्चालकहरूलाई सर्भिसिङको सही समय पहिचान गर्न र इन्धनको खपतको अनुगमन गर्न पनि सहयोग गर्ने कम्पनीले जनाएको छ । बसमा जडिट जीपीएस सञ्चालकले जुनकुनै स्थानबाट मोबाइल वा कम्प्युटरमार्फत सजिलै हेर्न र बुझ्न सक्नेछन् । 

Advertisement

Advertisement