भारतीय अतिक्रमणविरुद्ध लड्दै आएका सुस्तावासीलाई एक बर्ष निःशुल्क बिजुली दिइने

Advertisement

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुस्ता गाउँपालिका ५ का बासिन्दाहरुलाई एक वर्षको लागि विद्युतको महशुस नलिने घोषणा गरेका छन् । 

सुस्ता जोड्ने पुल उद्घाटनपछि उनले पुलसँगै विद्युत प्रशारण लाइन पनि पुगेको भन्दै एक वर्षको लागि शुल्क नलिने बताएका हुन् । सुस्तावासीले भारतीय अतिक्रमणविरुद्ध लामो समयदेखि लड्दै आए पनि सरकारको कमजोर कुटनीतिले गर्दा अतिक्रमण हट्न सकेको छैन् । उर्जामन्त्रीको पछिल्लो निर्णय भने रणनीतिक देखिन्छ । 

Advertisement

मन्त्री खड्काले गरिव जनताहरु र मुलुकको श्रोत, साधनबाट वञ्चित रहेका व्यक्तिहरुलाई सरकारले विद्युत उपलब्ध गराउँदै आएको बताए । उनले १५ मेगावाट उत्पादन हुने ठाउँमा तीन मेगावाट मात्रै उत्पादन भइरहेकोप्रति पनि आफूहरुको ध्यानाकर्षण भएको बताए । 

मन्त्री खड्काले विद्युतको पहुँचसँगै उद्योगधन्दा र रोजगारी वृद्धि हुने अपेक्षा व्यक्त गरे । उनले भने, ‘गरिव जनताहरु र मुलुकको श्रोत, साधनबाट वञ्चित रहेका व्यक्तिहरुलाई हामीले विद्युत उपलब्ध गराउँदै गर्दा उहाँहरुले के सुविधा थप पाउँछन् त भन्ने आशयका साथ आफ्ना मन्तव्यमा अनुरोध गर्नुभएको छ । म अनुरोधलाई ससम्मान गर्दै यस मन्त्रालयका तर्फबाट एक वर्षका लागि विद्युत निःशुल्क हुने घोषणा गर्न चाहन्छु ।’

मन्त्री खड्काले भारतसँग सीमा जोडिएकाले पनि रोजगारीका अवसरहरु अब उद्योग सञ्चालनसँगै बढ्ने विश्वास व्यक्त गरे । उनले सिंचाईका कामहरुमा पनि विद्युतको प्रयोग बढाउन सकिने उल्लेख गरे । 

Advertisement

Advertisement