राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरुलाई खुसीको खबर । बिश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ । 

दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन । साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ । 

Advertisement

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) तथा युनाईटेड रेमिट प्रा.लि बीच यस्तो सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) का प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् । साथै युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरे ।  

देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टरबाट बैंकले सेवा प्रदान गर्दै आएको छ । 

undefined

Advertisement

Advertisement