प्राइम कमर्सियल बैंकले वार्षिकोत्सवका अवसरमा गरेको कार्यक्रममा ३९२ जनाले गरे रक्तदान

Advertisement

काठमाडौँ । प्राइम कमर्सियल बैंकले आज  आफ्नो १७औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरी देशभर ६ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न गरेको हो । 

Advertisement

उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरु गरी ३९२ जनाले रक्तदान गरेका छन् । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतसंजिव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्रबिधिकहरुलाई धन्यवाद दिदै, मानव जीवन रक्षाको लागि अत्यावश्यक  रगत संकलन गर्ने कार्यक्रम आयोजन गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारण राखे । आगामी दिनमा पनि यस्तै बिभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्घता पनि व्यक्त गरे । 

undefined
 
 

Advertisement

Advertisement