जेबिएनएल सेक्यूरिटिज ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा  शुक्रबार सम्पन्न भएको छ ।

उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले उद्घाटन गरेका थिए । 

Advertisement

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्तिपारिश्रमिक र वार्षिक वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ । 

साथै कम्पनीकोे नाम जेबिएनएल सेक्यूरिटिज लिमिटेडबाट मुख्य कम्पनीको नामसँग सामञ्जस्य हुनेगरी ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीको सम्बन्धित प्रावधानमा संशोधन सर्वसम्मतिबाट स्वीकृत गरियो ।

सभामा कम्पनीको एकमात्र शेयरधनी ग्लोबल आईएमई बैंकबाट अधिकार प्राप्त प्रतिनिधि बिश्व सुवेदी, कम्पनी रजिष्ट्रारका प्रतिनिधि, कम्पनिका संचालकहरु, प्रबन्ध निर्देशक, सेवाग्राही, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement