चीनबाट फर्किएलगत्तै अर्थमन्त्री पौडेलले भने–सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ

Advertisement

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल परिस्थितिजन्य विपतमा सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्ने बताएका छन् ।

चीनको ५ दिने भ्रमण सकेर आइतबार स्वदेश फर्किएका अर्थमन्त्री पौडेलले भारी वर्षापछिको बाढी, पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताएका हुन् ।

Advertisement

उनले अहिलेको परिस्थितिलाई सबै एकजुट भइ सामना गर्ने बताउँदै आ–आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन समेत सबैलाई आग्रह गरेका छन् ।​

विसम परिस्थितिलाई ध्यानमा राख्दै अर्थमन्त्री पौडेल एयरपोर्टबाट सिधै अर्थ मन्त्रालय गएर छलफलमा जुटेको उनको सचिवालयले जनाएको छ ।  अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीन गएका थिए । 

Advertisement

Advertisement