चाडपर्वको अवसरमा नेपाल टेलिकमले ल्यायो अफर, के के छन् सुविधा ?

Advertisement

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड  दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ  । 

सो अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु आज (२०८१ असोज १३) देखि प्रारम्भ भई आगामी कार्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् । 

Advertisement

यस अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराईएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरुमा ५० प्रतिशत सम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ । यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शूल्क रु. ५०० मिनाहा समेत गरिएको छ ।

यसै गरी दशैं अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि रु. ७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ । 

साथै रु. २५० मा  १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र रु. ९९ मा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा  प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको टेलिकमले जनाएको छ । 

आगामी कार्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6#  डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिने प्रवक्ता हरि ढकालले जनाएका छन् । 

Advertisement

Advertisement