झ्याप्ले खोलामा पुरिएको बस र माइक्रोबाट २८ वटा शव निकालियो, हराएकाहरुको खोजी कार्य जारी

Advertisement

काठमाडौं । काठमाडौं र धादिङको सीमाना स्थित धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोला पहिरोमा बस र माईक्रो पुरिदा ज्यान गुमाएकाहरूको संख्या २८ पुगेको छ ।

दुर्घटना स्थलमा उद्धार तथा खोजीमा लागेका सुरक्षाकर्मीले आइतबार बिहानसम्म पुरिएका गाडीहरुबाट २८ जना मृतकको शव निकालेको प्रहरीले जनाएको हो ।

Advertisement

घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिवी मार्फत पहिरो हटाउने काम भइरहेको छ । उक्त पहिरोमा परी थप व्यक्तिहरु पुरिएको हुन सक्ने आशंकासहित अहिले सुरक्षाकर्मीले खोजी कार्य जारी राखेको छ । 
पहिरो पन्छाउने र हराएकाहरुको खोजी कार्य जारी रहेकोले सो सडक खण्डको दुबैतर्फको सवारी आगमन रोकिएको प्रहरीले जानकारी दिएको छ । 

undefined
 

Advertisement

Advertisement