गहना बनाउदा जर्ती नलाग्ने, ज्यालामा पनि भारी छुटको घोषणा

ह्वाइट फेदर्स ज्वेलरीको दशैँ अफर, गहना किन्दा आईफोन १६ जित्न सकिने

Advertisement

काठमाडौं । दशैँ, तिहार भनेको गरगहना खरिद गर्ने समय पनि हो । हाम्रा परम्परा र संस्कृतिमा सुनचाँदीका गरगहना अनिवार्य जस्तै छन् । पछिल्लो समय सुनको भाउ बढेको अवस्थामा ग्राहकहरुलाई सुनचाँदी तथा हिराका गरगहना खरिदमा सहुलियत प्रदान गर्ने उदेश्यले काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ । 

जस अन्तर्गत २४ क्यारेट सुनका गरहगना बनाउँदा ग्राहकहरुले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ । मंसिर ३ सम्म चल्ने यस योजनामा डायमण्डका गरगहनामा ५० प्रतिशत छुट दिइने ज्वेलरीले जनाएको छ । यस्तै, चाँदीका भाडावर्तनमा प्रतितोला १२० रुपैयाँ ज्याला मात्रै लाग्ने ज्वेलरीले जनाएको छ । सामान्यतया, चाँदीका भाडावर्तनमा प्रतितोला २ सय रुपैयाँ ज्याला लाग्ने गर्दछ ।

Advertisement

२ महिने यस योजनामा बम्पर उपहार अन्तर्गत एक जना भाग्यशाली बिजेताले आइफोन १६ जित्ने मौका पनि पाउनेछन् । यसका लागि २ महिनामा कम्तीमा २ पटक गरगहना खरिद गरेको हुनुपर्ने ज्वेलरीको सर्तछ । २ महिनामा २ पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहक मध्येबाट लक्की ड्रमार्फत बिजेता छनोट गरिने ज्वेलरीका संस्थापक स्किनर रसाइलीले बताए।

यस्तै, प्रत्येक महिना १ जोडी (दम्पत्ति) लाई लक्की ड्रमार्फत चितवन वा पोखराको टूर प्याकेज समेत उपलब्ध गराइने रसाइलीले बताए । यस अन्तर्गत २ महिनामा २ दम्पत्तिले यो अफर पाउनेछन् ।

यस्तै, प्रत्येक महिना १ दम्पत्तिलाई लक्की ड्रमार्फत नै पाँचतारे होटलमा ‘वान नाइट स्टे’ सुविधा समेत प्रदान गरिनेछ । २ महिनासम्म चल्ने यस अफर योजनाअन्तर्गत २ महिनामा २ दम्पत्तिले यो मौका पाउनेछन् ।

यसैगरि, प्रत्येक महिना प्रतिष्ठित नेपाली जुत्ता ब्राण्ड ‘योलो’ को तर्फबाट २ जना सेवाग्राहीले आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरिने ज्वेलरीले जनाएको छ।

हरेक हप्ता विभिन्न अफर
ह्वाइट फेदर्स ज्वेलरीले हरेक हप्ता ग्राहकहरुले विभिन्न उपहार जित्ने स्किम पनि सँगसँगै ल्याएको छ । यस अन्तर्गत २ महिनासम्म हरेक हप्ता एक एक जनाले ‘गिगी मेकअप स्टुडियो’ को तर्फबाट १० हजार बराबरको ‘हाइड्रो फेसीयल’ गर्न पाउनेछन् ।

यस्तै, प्रत्येक हप्ता एक जनाले स्कुटर ब्राण्ड भेष्पाको आधिकारिक बिक्रेता डेल्टा अटोकर्पको तर्फबाट आकर्षक ‘गिफ्ट ह्याम्पर’ पाउनेछन् । साथै, यस अन्तर्गत नै ह्वाइट फेदर्स ज्वेलरीबाट गरगहना किनेका ग्राहकहरुले भेष्पा स्कुटर खरिदमा आकर्षक छुट पनि प्राप्त गर्नेछन् । यी सबै उपहार योजना सबै खालका गरगहना खरिदमा लागू हुनेछन् । 

काठमाडौंको न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरी ७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ । ह्वाइट फेदर्स सस्तो, सुलभ र गुणस्तरीय सुन, चाँदी तथा हिराका गरगहना पाइने गहना पसलको रुपमा चिनिन्छ ।

Advertisement

Advertisement