ऊर्जा क्षेत्रमा बाढीको कहरः विद्युत् उत्पादन १७ सय मेगावाटमा सीमित, निर्यात ठप्प

Advertisement

काठमाडौं । बाढीले जलविद्युत् परियोजनाहरु बन्द गराउँदा विद्युत् उत्पादन पनि नमज्जाले प्रभावित भएको छ । 

पहिलाका ठूला बर्षाको रेकर्ड तोड्ने गरी भएको अविरल बर्षाका आएको बाढी पहिरोले थुप्रै जलविद्युत् परियोजना क्षतिग्रस्त भई विद्युत् उत्पादन रोकिएको छ, त्यसले गर्दा समग्र विद्युत् उत्पादनमा पनि कमी आएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । 

Advertisement

अहिले नेपालमा विद्युत्को जडित क्षमता ३३ सय मेगावाट हारहारी छ । त्यसमा चुहावट र नियमित मर्मत सम्भार लगायतका कारण उत्पादन भने २८–२९ सय मेगावाटको हारहारीमा हुने गर्छ । गत शुक्रबारसम्म पनि सोही अनुपातमै विद्युत् उत्पादन भएको थियो । तर, शनिबार दिउँसो विद्युत् उत्पादन सात सय मेगावाटमा सीमित भयो । शनिबार राती भने १५ सय मेगावाट विद्युत् उत्पादन भएको थियो । आइतबार बिहानदेखि भने १७ सय मेगावाटको दरमा विद्युत् उत्पादन भएको प्राधिकरणले जनाएको छ । 

बर्षाले खोलामा लेदो सहितको बाढी आएको छ ।  त्यस्तो पानीले विद्युतगृहको टर्वाइन बिग्रार्ने सम्भावना बढी हुन्छ । त्यसले गर्दा शनिबार अधिकांश जलविद्युत् आयोजनाहरु स्वतः स्फुर्तमा बन्द गरिएको थियो । त्यसले गर्दा उत्पादन घटेको थियो । साथै, स्वदेशी माग धान्न भारतबाट तीन सय मेगावाट विद्युत् पनि आयात गरिएको थियो । 

आइतबार भने विद्युत् आयात गर्न परेको छैन । उत्पादन भइरहेको १७ सय मेगावाटले आन्तरिक माग धान्न पुगेको छ । बाढी पहिरोले थुप्रै ठाउँमा प्रसारण लाइन र वितरण लगाइन बगाउँदा पनि विद्युत्को माग कम छ । त्यसले गर्दा पनि धेरै विद्युत् आवश्यक परेको छैन । तर, विद्युत् निर्यात नै गर्न भने नपुगेको प्राधिकरणले बताएको छ । 

बाढी अघि भारतमा आठ सय मेगावाट विद्युत् निर्यात भइरहेको थियो । बाढीले उत्पादन प्रभावित भएपछि शनिबार भारतबाटै तीन सय मेगावाट विद्युत् आयात भएको थियो । आइतबार विद्युत् आयात गर्न नपरे पनि विद्युत् निर्यात गर्न नपुगेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले भारतको खुला बजारमा प्रतिस्पर्धी मूल्य र मध्यकालीन बजारमा स्थिर मूल्यमा विद्युत् निर्यात गर्दै आएको छ । मध्यकालीन सम्झौता अन्तरगत भारतको बिहार र हरियाणामा भने पिपिए नै गरेर विद्युत् निर्यात गरिन्छ । त्यसमा सम्झौता अवधीमा विद्यत् नियमीत रुपमा नै निर्यात गर्नुपर्छ । तर, बाढीले त्यसमा ब्रेक लगाएको छ । 

अहिले बाढीका कारण सरकारी स्वामित्को ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना नै बन्द छ । नेपालको सबैभन्दा ठुलो सञ्चालित जलविद्युत् परियोजना नै माथिल्लो तामकोशी हो । तर, शुक्रबार रातीबाट उक्त परियोजना बन्द गरिएको छ । शनिबार आएको पहिरोले परियोजनाको बाँध क्षतिग्रस्त भएको छ । साथै, आयोजनाका केही कर्मचारी पहिरोमा परेर बेपत्ता भएका छन् । 

यस्तै, निजी क्षेत्रको पनि सञ्चालनमा रहेका र निर्माणधिन गरेर २० परियोजना बाढीका कारण क्षतिग्रस्त बनेका छन् । त्यसमा सञ्चालनमै रहेको ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना (सोलुखुम्बु) को हेडवक्र्समा क्षतिपनि क्षति पुगेको छ । अहिले परियोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको छ । निजी क्षेत्रबाट सञ्चालनमा  रहेका यो नै ठुलो परियोजना हो । तर, त्यो परियोजना पनि बन्द छ । यसरी सरकार र निजी क्षेत्रले सञ्चालनमा ल्याएका ठूला परियोजना नै अहिले बन्द अवस्थामा छन् । यसले उत्पादन नमज्जाले प्रभावित बनाएको  प्राधिकरणको भनाइ छ । 

यस्तै, २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना, २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना, १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना, तीन मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, पाँच मेगावाटको सिउरीखोला जलविद्युत आयोजना, ४० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजना, २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत आयोजना लगायतका परियोजना बाढीले बन्द छन् । यसरी थुप्रै परियोजना बाढीले बन्द भएपछि उत्पादन प्रभावित भएको हो ।  


 

Advertisement

Advertisement