रु रु जलविद्युतद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा, १ः०.८० को अनुपातमा हकप्रद निष्काशन गर्ने

Advertisement

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले शेयरधनीहरुलाई १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले आव २०८०–८१ को नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको अध्यक्ष आशिष सुवेदीले जनाएका छन् । 

Advertisement

साथै बोनश शेयर पछि कायम हुने चुक्तापूँजीको १ः०.८० को अनुपातमा हकप्रद शेयर प्रस्ताव गर्ने निर्णय भएको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २ करोड ११ लाख ७९ हजार ९ सय ६६ रुपियाँ छ । 

यसैबीच कम्पनीको १९औं वार्षिक साधारण सभा कात्ति ११ गते बिहान ११ बजे लिसारा ब्याङ्केट नक्सालमा बोलाइएको छ ।  
 

Advertisement

Advertisement