शेयर बजार दोहोरो अंकले घट्यो, ४ अर्बमा समेटियो कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार पनि शेयर बजार ओरालो झरेको छ । बजार केही दिन यता ओरालो झरिरहेको छ । आज पनि त्यही क्रमले निरन्तता पायो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.३६ अंकले घटेको हो । ०.८९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २४६४.४० अंकमा ओर्लिएको छ । 

Advertisement

समग्रमा बजार घटे पनि उत्पादनमूलक समूह भने १.०३ प्रतिशतले बढेको छ । बाँकी समूह राताम्मे भए । ट्रेडिङ समूह सबैभन्दा बढी २.९७ प्रतिशतले घटेका हो । 

undefined

आज ३२७ कम्पनीका १ करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार ३६.९४ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि सबैभन्दा बढी वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले ६.५५ प्रतिशत नाफा कमाएका छन् । त्यस्तै अपर साङ्गे हाइड्रो, एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ट २, अपरहेवाखोला हाइड्रो, मकर जितुमाया हाइड्रो र पाँचथर पावरका लगानकर्ताहरुले क्रमशः ९.९९, ९.४५, ९.१७, ८.८२ र ८.२७ प्रतिशतले घाटा व्यहोरेका छन् । 
 

Advertisement

Advertisement