बाढी पहिरो पीडितलाई कांग्रेसले ५० लाख दिने, विषम परिस्थितिमा कालोबजारी हुनसक्ने

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको सो पार्टीको केन्द्रीय सम्पादन समितिको बैठकपछि बोल्दै काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रधान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताए । 

Advertisement

निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपियाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको महतले बताए । उनले ५० लाखमा सहयोग गर्न काँग्रेस सांसदहरुले १५ दिनको तलव उपलब्ध गराउने पनि निर्णय भएको बताए । 

नेता महतले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै विपद्जन्य घटनाबाट बेपत्ता भएकाहरुको खोजी तीब्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ । दीर्घकालीन संरचना, सञ्चार संरचना, सडक, पुल, जलविद्युत आयोजनाहरुमा भएको क्षतिको यथार्थ मूल्यांकन गरी चाँडो भन्दा चाँडो सुचारु गर्न पनि सो पार्टीले जोड दिएको छ । 

विषम परिस्थितिमा कालोबजारी हुनसक्ने, सवारी साधनमा हुनसक्ने वृद्धिलाई मध्यनजर राखेर गम्भीर रुपमा व्यवस्थापन गर्न सरकारसँग काग्रेसले माग गरेको छ । काँग्रेसले राष्ट्रिय विपत्तिमा समग्र पार्टीहरु, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुन आह्वान गरेको छ । 

Advertisement

Advertisement