‘खिम्ति–ढल्केवरको एउटा टावर तामाकोशीले बगायो भने अर्को ८०० मेगावाट विद्युत रोकिन्छ’

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खायाममा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने बताएका छन् । 

आइतबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले बाढी पहिरोले विद्युत आयोजना र प्रसारणलाइनमा पुर्याएको क्षतिका कारण हिउँदो लोडसेडिङको समस्या आउनसक्ने बताउँदै सो बेलामा धेरै विद्युत आयात गर्नुपर्ने अवस्था आउने बताएका हुन् । 

Advertisement

घिसिङले ४५६ मेगावटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडबक्सको कन्ट्रोल विल्डिङ पूर्णरुपमा ध्वस्त भएको बताउँदै अहिलेसम्म आयोजनामा भएको क्षति यकिन गर्न नसकिएको बताए । उनले विद्युत क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीसहित चार जना बेपत्ता भएको बताए । 

माथिल्लो तामाकोशीको क्षतिको कारण लामो समयसम्म पुनःनिर्माण गर्न नसके यस वर्षको सुख्खायाममा विद्युत व्यवस्थापनमा केही समस्या आउनसक्ने घिसिङको भनाई छ । उनले क्षति पुगेका जलविद्युत आयोजनाहरुमा छिटो भन्दा छिटो रि–स्टोर गर्ने तयारीमा प्राधिकरण लागेको बताए ।

बाढीको कारण कावेली करिडोरको तीन वटा टावरमा क्षति हुँदा दुई सय मेगावाटको पूर्वाअञ्चलमा आउने लाइन बन्द भएको पनि घिसिङले बताए । उनले कावेली करिडोरबाट तीन सवस्टेशन इलाम, फिदिम र ताप्लेजुङ विद्युत सप्लाई हुने लाइन पनि बन्द भएको पनि बता । 

कार्यकारी निर्देशक घिसिङले खिम्ति लामासाँधु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको भन्दै त्यसलाई बनाउन जाने कुनैपनि पहुँच मार्ग नभएकाले समस्या भइरहेको बताए । उनले खिम्ति लामासाँधु आउने ट्रान्समिसन लाइन पनि एकहप्ताभित्र बनाउने बताए । 

घिसिङले खिम्तिदेखि ढल्केवर २२० केवी लाइनले करिव आठ सय मेगावट पावर सप्लाई गर्ने टावरतिर तामाकोशी नदी बगिरहेकाले खतरामा रहेको बताए । उनले उक्त टावर क्षति भए आठ सय मेगावाटको लिखु र तामाकोशी करिडोर बन्द हुने बताए । 

चमेलिया करिडोरमा पनि केही क्षति भएको घिसिङको भनाई छ । उनले भने, ‘खिम्तिदेखि ढल्केवर २२० केवी लाइन छ । त्यसले करिव आठ सय मेगावट पावर सप्लाई गर्छ । एउटा टावर भएतिर तामाकोशी नदी बगिरहेकाले खतरामा छ भन्ने खबर आएको छ । त्यो टावर क्षति भएमा ८०० सय मेगावटको लिखु र तामाकोशी करिडार सबै बन्द हुने अवस्था छ ।’

घिसिङले अहिले नेपालबाट भारत निर्यात हुने विद्युत पनि घटेको बताए । उनले करिव २५० देखि तीन सय मेगावटको मात्रै विद्युत निर्यात भइरहेको बताए । घिसिङले अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गरिने बताए । 

Advertisement

Advertisement