share_decline

नेप्से १७ अंकले घट्यो, फेरि १४ सय अंकबाट ओर्लिने संकेत

काठमाडौंः सेयर बजार परिसुचक नेप्से आज मंगलबार १७ दशमलव ३९ अंकले घटेर एक हजार ४१३ दशमलव ७१ अंक कायम भएको छ । गएको आइतबार पनि झण्डै दोहोरो अंकले घटेको नेप्सेको घटने दर आज झन बढेको हो । बजारमा आज पनि कारोबार बढन सकेन

tanka_mani_sharma

महालेखा परीक्षकमा टंकमणि शर्मालाई सिफारिस

काठमाडौंः संवैधानिक परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

कैलाश विकास बैंकमा नयाँ अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत

काठमाडौंः कैलाश विकास बैंकको बैशाख ४ गते बसेको सञ्चालक समिति बैठकले सञ्चालक नारायण पौडेललाई अध्यक्ष मनोनयन गरेकोछ । सोही बैठकले अमृतचरण श्रेष्ठलाई चार बर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

राष्ट्र बैंक सञ्चालक समितिमा नयाँ सञ्चालकहरु नियुक्त

काठमाडौंः नेपाल राष्ट्र बैकको रिक्त दुई सञ्चालकमा रामजी रेग्मी र डा. श्रीराम पौडेललाई नियुक्त गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले पाँच बर्षका लागि उनीहरुलाई नियुक्त गरेको हो ।

द्धिर्राष्ट्रिय तर्फबाट महासंघमा अजय मुडभरी निर्विरोध

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको आउँदो कार्यकारिणी सदस्यमा द्धिर्राष्ट्रिय उद्योग वाणिज्य संघहरुको तर्फबाट अजय मुडभरी केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

लायन्सको द्धितीय भाइस डिष्ट्रिक्ट गर्भनरमा इन्दु लम्साल विजयी

काठमाडौंः लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ को द्धितीय भाइस डिष्ट्रिक्ट गर्भनरमा इन्दु लम्साल विजयी भएकी छन् । शनिबार भएको पाँचौं डिष्ट्रिक्ट कन्भेन्शनमा मणिश्री बज्राचार्यलाई हराउँदै लम्साल विजयी भएकी हुन ।

नेपाल पश्मिना उद्योग संघको अध्यक्षमा दुर्गाविक्रम निर्वाचित

काठमाडौंः नेपाल पश्मिना उद्योग संघको १६औँ वार्षिक साधारणसभाबाट आगामी तीन वर्षका लागि दुर्गाविक्रम थापाको नेतृत्वमा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ ।

नवनियुक्त सार्क महासचिव अम्जादले गरे पदभार ग्रहण

काठमाडौंः दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को महासचिवमा पाकिस्तानका अम्जाद हुसेन बी सिलले बुधबार आफ्नो पदभार ग्रहण गरेका छन् । यसअघि महासचिव रहेका नेपालका अर्जुनबहादुर थापाको कार्यकाल सकिएकाले अम्जदले पदभार ग्रहण गरेका हुन ।

pabsom_sambahamphe

प्याब्शन अध्यक्षमा विजय सम्बाहाम्फे विजयी

काठमाडौंः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित भएका छन् ।राजधानीमा सम्पन्न संगठनको १३ औं राष्ट्रिय महाधिवेशनबाट उनले आफ्ना प्रत्यासी टिकाराम पुरीलाई हराएका हुन ।

नेपाल व्यवस्थापन सङ्घको सभापतिमा भट्ट, यस्तो छ नयाँ प्रवन्ध समिति

काठमाडौंः नेपाल व्यवस्थापन सङ्घको १८औँ प्रबन्ध समितिका पदाधिकारीको निर्वाचनबाट सुशील भट्ट सभापतिमा निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न निर्वाचनमा राजेन्द्र पण्डित प्रथम उपसभापति, धु्रव भट्टराई द्वितीय उपसभापति, मोहनराज ओझा महासचिव र दिलीपराज पौडेल कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

एनसीसीको ‘डिसिइओ’मा बन्दना पाठक, निजी क्षेत्रको बैंकमा उच्च तहमा पुग्ने पहिलो महिना

काठमाडौंः हालै चारवटा विकास बैंकहरुलाई गाभेसँगै राष्ट्र बैंकबाट व्यवस्थापन फिर्ता लिएको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)को नायव प्रमुख कार्यकारी अधिकृतमा वन्दना पाठक नियुक्त भएकी छन् ।

यसअघि काम गर्नै नपाई हटाइएका डा. पोखरेल पुर्ननिर्माण प्राधिकरणको सिइओमा पुनः नियुक्त

काठमाडौंः यसअघि नियुक्त भएर पनि काम गर्न नपाई हटाइएका डा. गोविन्द पोखरेल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुनः नियुक्त गरिएको छ ।