काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुँगानाले बुक बिल्डिङमार्फत सेयर निष्काशन गर्दा रियल सेक्टरलाई प्रोत्साहन हुने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा ढुँगानाले उक्त दाबी गरेका हुन् ।
ढुँगानाले अहिले सेयर बजारमा ८० प्रतिशत हिस्सा बैंक वित्तीय संस्था र बीमा क्षेत्रको भएको कारण अन्य क्षेत्रको उपस्थिति न्यून भएको भन्दै रियल सेक्टरको हिस्सा बढाउनका लागि बुक बिल्डिङमार्फत आईपीओ (सेयरको प्राथमिक निष्काशन) गर्ने पद्दती सुरु गरिएको बताए ।
कोरोना महामारीको समयमा सबै क्षेत्र बन्द हुँदा पनि नेपालको पुँजी बजार अहिलेसम्म कै उच्च बिन्दुमा पुग्न सफल भएको भन्दै उनले नेपालको अहिलेको अर्थतन्त्र चलायमान बनाउन पनि पुँजी बजारको महत्वपूर्ण भूमिका रहेको बताए ।
ढुँगानाले पछिल्लो समय बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा पनि पुँजी बजारको चर्चाको बिषय बनेको बताउँदै भने, ‘एक खालका व्यक्तिहरुले बैंकलाई लाइसेन्स दिनुपर्छ भनिरहेका छन् । अर्को खालका व्यक्तिहरूले बैंकलाई मात्र सबै काम जिम्मा दिन नहुने भनिरहेका छन् । बैंकलाई अहिले नै धेरै जिम्मेवारीहरु छन् ।
अध्यक्ष ढुँगानासँगको रोचक कुराकानी भिडियोमा हेर्नुहोलाः