सिद्धार्थ बैंकको लिलामी हकप्रद शेयर भर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौँ: सिद्धार्थ बैंकको कूल दुई लाख ५६ हजार ९२२.१३ कित्ता शेयर लिलामी भर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकले हकप्रदबाट विक्री नभएको संस्थापक र सर्वसाधारण समूहको दुवै शेयर लिलामी विक्री खुला गरेको थियो ।

बैंकको संस्थापक समूहको १३ हजार ५५०.८७ कित्ता र सर्वसाधारण समूहको दुई लाख ४० हजार ३७१.२६ कित्ता शेयरमा आजसम्म कार्यालय समयभित्र आवेदन इच्छुक लगानीकर्ताले दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० रुपियाँ भन्दा बढी मूल्य तोकी आवेदन दिनु पर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाइनेछ ।

अहिले सिद्धार्थको शेयर बजार मूल्य प्रतिकित्त्ता ४३१ रुपियाँ रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नारायणचौर नक्सालमा पुगी बोलपत्र फारम पेस गर्नुपर्नेछ ।

बोलपत्र बिहीबार बिहान ७ बजे सिद्धार्थ क्यापिटलमा खोलिने कम्पनीले जनाएको छ । सिद्धार्थ बैंकले गत जेठ २५ देखि असार २८ गतेसम्म ३०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा ल्याएको हो ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ४१ करोड ८० लाख ६ हजार रुपियाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपियाँ छ । सिद्धार्थको प्रतिशेयर आम्दानी २१ रुपियाँ ३९ पैसामा र प्रतिशेयर नेटवर्थ १४९ रुपियाँ ५४ पैसा छ ।

Advertisement

Advertisement

Advertisement