एएफसी यू-१९ एसियन छनोट प्रतियोगितामा नेपाल आयोजकसँग पराजित

Advertisement

काठमाडौंः एएफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत किर्गिस्तानमा भएको छनोट खेलमा नेपाल आयोजक पराजित भएको छ । नेपाल पहिलो खेलमा किर्गिस्तानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

सुरुवाती मिनेटमा मध्यम प्रदर्शन गरे पनि नेपालले २२ अौं मिनेटमा गोल खाँदै पछि परेको थियो । खेलको बुरुभाइभले गोल गर्दै घरेलु टिम किर्गिस्तानले अग्रता दिलाएका थिए । साथै खेलको अत्तिरिक्त समयमा अर्को गोल थप्दै घरेलु टोली २-० मा विजयी भएको हो । नेपाली खेलाडीले पाएको उपयुक्त अवसर सदुपयोग गर्न सकेका थिएनन् । खेलाडीको डिफेन्समा भएको कमजोरीका कारण नेपालले गोल खानु परेको हो ।

नेपालले एक महिनाअघि भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिपको उपाधि जितेको थियो । यसकारण नेपाल उच्च मनोबलसहित किर्गिस्तान पुगेको थियो । समूह चरणमा नेपालले तुलनात्मक रूपमा आफूभन्दा बलिया टिमसँग खेल्नुपर्ने छ ।

Advertisement

Advertisement

Advertisement