निक्षेप तथा कर्जा सुरक्षण कोषका सीईओ घिमिरेले गरे पदबहाली

Advertisement

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले बुधबार पदबहाली गरेका छन् । 

खुल्ला प्रतिस्पर्धाबाट कोषको सीईओ नियुक्त भएका उनलाई कोषका कर्मचारीहरुले स्वागत गरेका थिए । पदबहालीपछि घिमिरेले कोषका विभागीय प्रमुखहरुबाट बिफिङ लिनुका साथै आ–आफ्नो विभागको कार्ययोजना बनाउन निर्देशन दिएका थिए ।

Advertisement

उनले आर्थिक बर्षको अन्तिममा आफ्नो नियुक्ति भएकाले आागामी आर्थिक बर्षको लागि योजना बनाएर काम गर्न सहज हुने ठानेको बताउँदै निक्षेप तथा कर्जा सुरक्षण कोषको कामको दायरा ठूलो भए पनि जनतामा यसको भूमिकाबारे राम्रो प्रचार हुन नसकेको, पर्याप्त जनशक्तिको अभाव रहेको बताए । 

घिमिरेलाई गएको सोमबारको मन्त्रिपरिषदले सीईओ नियुक्त गरेको थियो । त्यसअघि उनी एनसेलको निर्देशक दिए भने त्यसभन्दा अघि एसबिआई मर्चेन्ट एण्ड बैंकिङ लिमिटेडको सीईओ थिए ।  
 

Advertisement

Advertisement