सानिमाका पूर्वसीईओ भुवन दाहालको ‘रिटायरमेन्ट एट फिप्टी’ भोली बजारमा आउने

Advertisement

काठमाडौं । सानिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालद्धारा लिखित रिटायरमेन्ट एट फिप्टी’ नामक पुस्तक आइतबार बजारमा आउने भएको छ । उक्त बैंकको सीईओ रहेको बेला नेपाल बैंकर्स एशोसियशनको समेत अध्यक्ष भएका उनले आफ्ना अनुभव समेटेर पुस्तक लेखेका हुन् । 

सानिमा बैंकमा ८ वर्षको पूर्ण कार्यकाल सम्पन्न गरी केही समयअघि निवृत्त भएका दाहालले नबिल बैंक तथा सानिमा बैंकमा तीन दशकभन्दा बढी समय बिताएका थिए । त्यसपूर्व उनी सरकारी कर्मचारी थिए । 

Advertisement

पुस्तकमा सानिमामा काम गर्दाका आफ्ना उपलब्धीहरुलाई बढी फोकस गरेका दाहालले नविल बैंकमा काम गर्दा भएको प्रगतिलाई पनि उल्लेख गरेका छन् । बैंकर्स एशोसियशनको अध्यक्ष हुँदा संसदको अर्थ समिति, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, सिबिफिन आदि संस्थासँग अनुभवदेखि विभिन्न विषयवस्तुलाई सात वटा अध्यायमा प्रस्तुत गरेका दाहालले बैंकिङ क्षेत्रका हस्तिहरु सत्येन्द्रप्यारा श्रेष्ठ,  राजनसिंह भण्डारी,  शोभनदेव पन्त, सुरेन्द्र भण्डारी, पर्शुराम कुंवर, श्रवण मास्के, अनिल ज्ञवाली, अनिल शाह, अनिल उपाध्याय, सुनिल केसी, ज्ञानेन्द्र ढुंगाना, सचिन जोशी, अशोक राणा, राधेश पन्त, बर्षा श्रेष्ठ, सुन्दर कंडेल, तुलसीराम गौतम, कुमार लम्साल, अनुपमा खुञ्जेली, मनोज गोयल, डीसी खन्ना, सुरज मेहता, रबिना देशराज श्रेष्ठ, स्वर्गीय सुप्रिय गुप्ता, स्वर्गीय शम्भुप्रसाद पौडेल, आदिसँग जोडिएका विविध प्रसंगहरु उल्ल्ख गरेका छन्।

त्यसैगरी मह जोडी, युवराज खतिवडा, बिष्णु पौडेल, जनार्दन शर्मा, बिनोद चौधरी, पुष्प कंडेल, चिरञ्जीवी नेपाल, महाप्रसाद अधिकारी, बमबहादुर मिश्र, शेखर गोल्छा, रेवतबहादुर कार्की, जिवनाथ लामिछाने, सन्दिप लामिछाने आदिसँग जोडिएका प्रसंग पनि उनले आफ्नो पुस्तकमा समावेश गरेका छन् । 

दाहाल अहिले यूनिभर्सिटी अफ थ्री जेनेरेशन नामक संस्थमा आवद्ध छन् । 

Advertisement

Advertisement