नेपालकै ठूलो धनराशी (रु. एक करोड)को पुरस्कार महावीरलाई, ‘अर्थतन्त्र नसुधारे अरुले हेप्छन’

Advertisement

काठमाडौं । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपियाँ धनराशीको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । 

मंगलवार गैरआवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा कार्यक्रम आयोजना गरी केन्द्रलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार पाएपछि पुनले आविष्कार केन्द्रलाई माथिल्लोस्तरमा पुर्याउन आवश्यक रहेको बताए । 

Advertisement

उनले एउटा मात्रै आविष्कार केन्द्रहरु नभई धेरैभन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताए । आविष्कार केन्द्रहरु खोलेर अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने पुनको भनाइ थियो । 

देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरु रोजगारीको लागि बाध्य भएर विदेश जानुनपर्ने बताउँदै उनले आविष्कार केन्द्रहरुलाई उच्च प्राथमिकता नदिने हो भने देशको उन्नती कहिल्यै नहुने दाबी गरे । 

पुनले राजमार्ग, विमानस्थल र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताए । उनले अर्थतन्त्र बिग्रिएको खण्डमा सबै क्षेत्रमा तहसनहसको अवस्था बन्ने बताए । 

कार्यक्रममा ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले नेपाल प्रत्येक वर्ष गरिब बन्दै गएको बताए । उनले दक्षिण एशियामा विकासको ठूलो नारा दिए पनि सबैभन्दा गरिब मुलुकमा स्थापित रहेको दाबी गरे । अरुणले विकासप्रति चिन्तनशील हुन जरुरी रहेको बताए । 

बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका थिए । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिन्छ । 

Advertisement

Advertisement