इसेवाको सीईओमा जगदिश खड्का नियुक्त

Advertisement

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जगदिश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट  खड्कालाई इसेवाको सञ्चालनक समितिले सीईओ पदमा नियुक्त गरेको हो । 

नवनियुक्त सीईओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनियतताको सपथ खुवाएका छन् । खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका हुन् ।  

Advertisement

उनीसंग बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा १२ वर्ष भन्दा धेरै समयको अनुभव छ । उनी यसअघि एफवानसफ्ट गु्रप अन्तरगतको फोनपे पेमेन्ट सर्विसमा डाइरेक्टरको रुपमा समेत आबद्ध थिए । 

इसेवामा प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यभार सम्हाल्दै नवनियुक्त सीईओ खड्काले भने, ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ ।  डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छ । मैले इसेवाका सेवालाई  अझ विस्तार गरि आम मानिसको दैनिक जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडी बढ्नेछु ।’ 

इसेवा सञ्चालक समितिले यसअघि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर इसेवालाई आजको दिनसम्म ल्याइ पुर्याउन सफलसुभास सापकोटालाई  विशेष धन्यवाद दिएको छ । 
 

Advertisement

Advertisement