प्राधिकरणका निवर्तमान एमडी शाक्य नेपालको विद्युत बजारसम्वन्धमा विद्यावारिधि गर्दै

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तन प्रवन्ध निर्देशक (एमडी) हितेन्द्रदेव शाक्यले नेपालको विद्युत बजारसम्वन्धमा विद्यावारिधि (पीएचडी) गर्ने भएका छन् । उनले आफ्नो सोधकार्य पूरा गर्न अब एक बर्ष जति मात्रै बाँकी रहेको बताएका छन् । 

प्राधिकरणको एमडीमा आफूलाई अन्याय र गैरकानुनी ढंगले सरकारले हटाउने काम गरेको भन्दै अदालतमा न्यायका लागि धाइरहेका शाक्यले कोलम्बो प्लान इण्डियाबाट इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेका हुन् । प्राधिकरणमा तीन दशक सेवा गरेका उनले कुशल र अनुभवी व्यवस्थापकको रुपमा चिनिन्थे । 

Advertisement

शाक्यले आफ्ना बाबु जनकदेव शाक्य, अग्रजहरु डा. लक्ष्मी शिल्पकार र डा. डम्बर नेपालीको प्रेरणाबाट पीएचडी गर्न लागेको बताए । आफूले अध्ययन गरेको क्षेत्रमा थोरै मात्रै प्राविधिक जनशक्ति रहेको र उत्पादन पनि थोरै हुने गरेको बताउँदै उनले नेपालमा विद्युतको बजारको डिजाइन कस्तो हुनसक्छ भन्ने सम्वन्धमा अध्ययन गरेर पीएचडी गर्न लागेको बताए । 

शाक्यले भने, ‘नेपालमा विद्युतको बजारको डिजाइन तदर्थ ढंगले होइन्, नेपालको आवश्यकता र माटो सुहाउँदो डिजाइन हुनुपर्छ भन्ने मेरो अध्ययनको विषय हो । भारतीय बजारबाट हामीले कसरी फाइदा लिने ? अरु बजारका संभावना के के छन् ? मेरो खोजको विषय हो । बिजुली बिक्री गर्दा नेपालको क्लिन इनर्जीको भाउ डर्टी इनर्जीभन्दा बढी हुनुपर्छ ।’ 

Advertisement

Advertisement