स्मार्टसेलका पूर्वसीईओ कायुमोभलाई एजियटाले एनसेलको नयाँ सीईओ नियुक्त गर्यो

Advertisement

काठमाडौं। नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल एजियटा लिमिटेडको सीईओमा जाबर कायुमोभ नियुक्त भएका छन् । यसअघि नेपालकै निजी क्षेत्रको अर्को दूरसञ्चार कम्पनी स्मार्टसेलको समेत सीईओ रहेका कायुमोभ केही समयअघि मात्रै जमैकाको डिजिसेलको सीईओबाट राजीनामा दिएका थिए । 

एजियटा ग्रुपको सीओओ (प्रमुख सञ्चालन अधिकृत)समेत रहेका उनलाई मलेसियास्थित एजियटा कम्पनीले दुई साताअघि नेपालको एनसेलको सीईओ नियुक्त गरेको हो । त्यही क्रममा एजियटाले आफ्नो ग्रुप सीईओमा विवेक सुदलाई पनि नियुक्त गरेको थियो । ​ उज्जेकिस्तानका नागरिक कायुमोभले एक महिनाभित्र नेपाल आएर काम सुरु गर्ने एनसेल स्रोतले बतायो । 

Advertisement

एनसेलका हालका सीईओ एण्डी चोङ माउ कम्पनी एजियटा ग्रुपमा चिफ कर्पोरेट अफिसर नियुक्त भएको एनसेलले जानकारी दिएको छ । छ बर्षअघि सीसीओ (चिफ कमर्सियल अफिसर)को रुपमा एनसेलमा आएका उनी तीन बर्षअघि यस कम्पनीको सीईओ नियुक्त भएका थिए । 

Advertisement

Advertisement