नेपाल वायुसेवा निगमले नयाँ जहाज खरीद गर्न बनायो कार्ययोजना उपसमिति

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि दुई वटा जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाउन कार्ययोजना उपसमिति बनाएको छ ।

निगमले बिहीबार सूचना जारी गर्दै नेपालभित्र हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका विभानस्थलमा उडान भर्नसक्ने दुई वटा जहाज खरीद गर्ने कार्ययोजना बनाउन उपसमिति बनाएको हो । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिरसमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको निगमले जानकारी दिएको हो । 

Advertisement

उपसमितिले २१ कार्यदिन भित्र प्रतिवेदन बुझाउनुपर्नेछ । उक्त उपसमितिले काम समेत सुरु गरिसकेको जनाइएको छ । शहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएको कारण निगमले हाल व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न नसकेको निगमको अनुभव छ । 

निगमले दुई वटा जहाज खरीद गरेपश्चात काठमाडौ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायत गन्तव्यमा उडान भर्ने बताएको छ । 

Advertisement

Advertisement