पेट्रोलियम आपूर्ति घटाउँदै जानुपर्ने बेला पाइपलाइन र भण्डारणका पाँच परियोजना बनाउन सम्झौता

Advertisement

काठमाडौं । नेपाल र भारतबीच दुई वटा पेट्रोलियम पाइपलाइन र एउटा पेट्रोलियम भण्डारण परियोजना बनाउन समझदारी भएको छ ।

समझदारीअनुसार भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म, अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन  समझदारी भएको छ ।

Advertisement

त्यस्तै, झापाको चारआलीमा पेट्रोलियम भण्डारण डिपो पनि बनाउने छ । यी तीन परियोजनाको कुल लगानी १७ अर्ब रुपियाँ भन्दा रहेको छ । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका समकक्षी हर्दिप सिंह पुरीले यी सम्झौतामा हस्ताक्षर गरे । 

पेट्रोलियम पदार्थको आपूर्ति घटाउँदै जानुपर्ने र स्वदेशमै उत्पादित विद्युतको प्रयोग बढाउनुपर्ने माग र दबाब बढ्दै गएको बेला भारतले पाइपलाइन र भण्डारण परियोजना बनाउन सहयोग गर्नु अर्थपूर्ण देखिन्छ । 

Advertisement

Advertisement