नेपाल वायुसेवाले असार मसान्तमा तिर्यो रु. ८३ करोड ९५ लाख ऋण

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबड र दुई वाइडबडि जहाजका लागि लिएको ऋणमध्ये असारमा ८३ करोड ९५ लाख पाँच हजार २८१ रुपियाँ भुक्तानी गरेको छ । 

निगमले असारको किस्तावापत आइतबार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई उक्त रकम भुक्तानी गरेको हो । यसअघि निगमले २०७९ असारदेखि चैत्रसम्ममा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपियाँ ऋण तिरेको थियो । 

Advertisement

कोरोना महामारी र निगमले व्यवसायिकरुपमा नयाँ जहाजहरु उडाउन नसक्दा ऋणको किस्ता भुक्तानी ढिलो हुँदै गएको छ । त्यसमाथि निगमका जहाजहरु बारम्बार प्रविधिक समस्या र चरा ठोक्किँदा ग्राउण्डेड हुने गरेको छ । ठूलो संख्यामा अनावश्यक कर्मचारी पाल्दै आएको निगमको प्रशासनिक खर्च पनि निकै ठूलो रहेको छ । ग्राउण्ड ह्याण्डलिङ सुविधावापत अतिरिक्त आम्दानी गर्न पाएका कारण अहिलेसम्म निगम धानिदै आएको छ । 

निगमले दुर्गम क्षेत्रमा उडान भर्ने तीन वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट खरीद गर्ने कार्ययोजना समेत अघि बढाएको जानकारी दिएको छ । 

Advertisement

Advertisement