अघोषित लोडसेडिङ खण्डन गर्न घिसिङले गरेको पत्रकार सम्मेलनमा झ्याप्पझ्याप्प बत्ति गएपछि

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार गरेको पत्रकार सम्मेलनमा झ्याप्प झ्याप्प बत्ति गएर घिसिङलाई लज्जास्पद बनाएको छ । 

पछिल्लो केही महिनादेखि जारी अघोषित लोडसेडिङको कारण विद्युत उपभोक्ताबाट चर्को आलोचना हुन थालेपछि त्यसको खण्डन गर्न र प्राधिकरणको गत आर्थिक बर्षको वित्तीय विवरण सुनाउन घिसिङले पत्रकार सम्मेलन गरेका थिए । 

Advertisement

प्राधिकरण केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन भइरहँदा पटक पटक बत्ति कटौती भएको थियो । पत्रकार सम्मेलन सुरु भएर घिसिङले बोल्न थालेलगत्तै विद्युत कटौती भएर दुई मिनेट कार्यक्रम प्रभावित हुन पुग्यो । हल गुञ्जायमान हुन पुग्यो । सहभागीहरु कानेखुशी गर्न थाले । 

त्यही क्रममा घिसिङले पत्रकारहरुलाई आश्वस्त पार्दै भने, ‘सिस्टममा डिस्ट्रब भएको रहेछ । एकछिनमा आउँछ ।’ एकछिनमा बिजुली आयो । विद्युत आपूर्तिपछि पुनः घिसिङले बोल्न सुरु गरेपछि फेरि बिजुली गयो । घिसिङ कालोनिलो भए र भने, ‘प्रसारणलाइनमा गडबड भएर लाइन गएको हो ।’ 

Advertisement

Advertisement